मेलिना र निशानको स्वरमा ‘ज्योतीषले भनेको’ सार्वजनिक

६ असार २०७९ ९:०३

प्रमोद भट्टराईको शब्दमा गीति भिडियो ‘ज्योतिषीले भनेको’ सार्वजनिक भएको छ । लोक र आधुनिक संगीतको फ्युजन जोडिएको गीतमा संगीत कृति न्यौपानेले भरेका छन् ।

सार्वजनिक गीतमा गायिका मेलिना राई र युवा गायक निशान भट्टराईको स्वर सुन्न सकिन्छ ।

डान्सिङ नम्बरको सार्वजनिक भिडियोमा मोडल द्वय अनु पराजुली र लोमस शर्माले ठूम्का लगाएका छन् । फर्पिङ आसपासका विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियोलाई विनोद बमले निर्देशन गरेका छन् । सम्पादन तथा कलरको काम पनि निर्देशक विनोदको नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *