परिच्छेद सेनको लेखन तथा निर्देशनमा तयार हुन लागेको चलचित्र ‘महाराजधिराज’मा नायिका वर्षा सिवाकोटीको इन्ट्री भएको छ। यो चलचित्रमा नायिका वर्षाको इन्ट्री भएसंगै मुख्य कलाकारहरूको लाइनअप पुरा भएको हो।
छायांकनको तयारीमा रहेको यो चलचित्रको शीर्ष भूमिकामा नायक पल शाहले अभिनय गर्दैछन् । पलसँगै चलचित्रमा रमेश उप्रेती र आर्यन सिग्देल पनि फाइनल भइसकेका छन् ।
यो चलचित्रका प्रस्तुतकर्ता विराज बिष्ट हुन् । यो चलचित्रलाई दशैंको फूलपातिबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरिसकेको छ ।