बालमनोविज्ञान र धनी–गरिबबिचको खाडलको कथा प्रस्तुत गर्ने चलचित्र ‘सारंग’को नयाँ गीत सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले चलचित्रको नयाँ गीत ‘मेरो बाबा मेरो आमा’ सार्वजनिक गरेको हो । यो चलचित्र यही माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
गीतमा आयुष गिरी, अनुमा चौधरी र जयन्त माधव बराइलीको गायन, दीपक शर्माको शब्द तथा शंकर थापा (स्माइल)को संगीत छ । मर्मस्पर्शी भावको गीतमा बुबाआमाले सन्तानका लागि गरेको माया, संघर्ष र त्यागको देखाइएको छ । गीतको भिडियोमा ऋचा शर्मा, उत्पल झा र आदित्य कार्की छन् ।
दर्शन बुद्ध फिल्मसको प्रस्तुतिमा बनेको ‘सारंग’को निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ हुन् । पुष्पा लिम्बू र बिनु गुरुङ सह–निर्माता रहेको चलचित्रमा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, सुष्मा राईको कोरियोग्राफी, गोपाल रायको डिओपी र मित्र डि गुरुङको सम्पादन छ ।
प्रशान्त तामाङको लेखन तथा निर्देशन रहेको चलचित्रमा सुरज तमु, समीरमणि दीक्षित, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, विश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी लगायतको पनि अभिनय छ ।