‘लोभीपापी’ र ‘शुभविवाह’ घोषणा, शीर्ष भूमिकामा प्रदीप

३ असार २०८२ ८:२१

नायक प्रदीप खड्कालाई लिएर दुई चलचित्र ‘लोभीपापी’ र ‘शुभविवाह’ निर्माण हुने भएको छ। यो चलचित्रको प्रमुख भूमिकामा नायक खड्काले काम गर्ने पक्का भएको हो।

चलचित्र ‘लोभीपापी’ लाई निर्माता थमनकुमार भण्डारीले निर्माण गर्दैछन्। यो चलचित्रको बजेट २ करोड ३० लाख उल्लेख गरिएको छ। त्यस्तै, २ करोड बजेटको ‘शुभविवाह’ लाई निर्देशक तथा निर्माता सुदर्शन थापाले निर्माण गर्ने भएका छन्।

यी दुई चलचित्रलाई चलचित्र विकास बोर्डले जेठमा निर्माण इजाजत दिएको हो । यी दुवै चलचित्रमा नायक प्रदीप खड्काको नाम उल्लेख गरिएको छ।

प्रदीप अहिले ‘ऐरी’को छायांकनमा ब्यस्त छन् । यो चलचित्रको छायांकन सकाएपछि प्रदीपले यी दुइ चलचित्रको छायांकनमा व्यस्त हुने बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *