यमको ‘लालीबजार’मा केकी र स्वस्तिमा फाइनल

५ असार २०८२ ६:१४

षट्कोण आर्ट्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘लालीबजार’मा दुई नायिका केकी अधिकारी र नायिका स्वस्तिमा खड्का फाइनल भएका छन् । निर्माणपक्षले अहिलेसम्म कलाकारहरूको नाम गोप्य नै राखेको भएपनि बुझिएअनुसार, केकी र स्वस्तिमा फाइनल भएका हुन्।

चलचित्रका लेखक तथा निर्देशक यम थापा हुन् । यो चलचित्रलाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्रीले निर्माण गर्दैछन् । चलचित्रको कार्यकारी निर्मातामा प्रदीप भट्टराई छन् ।

यो चलचित्रको लागि नायिकाद्वय केकी र स्वस्तिमाको लुक्स टेष्ट पनि भइसकेको छ । यो चलचित्रको छायांकन दशैं लगतै सुरु गर्ने योजना निर्माणपक्षको छ ।निर्माणपक्षले केही समय अगाडि सार्वजनिक गरेको थिम पोष्टरमा रातो थोप्लालाई टिकुलीको रुपमा प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *