आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डले २५ वर्ष भित्र सर्वाधिक कमाई गर्ने २५ नेपालि चलचित्रलाई सम्मान गर्ने भएको छ । बोर्डले आफ्नो स्थापना भएको मितिबाट वि.सं २०८२ साल जेठको मसान्तसम्म प्रदर्शन भएका चलचित्रहरु मध्येबाट सर्वाधिक कमाई गर्ने २५ चलचित्रलाई सम्मान गर्ने भएको हो।
चलचित्र विकास बोर्डले ५ करोड भन्दा बढी कमाई गर्ने चलचित्रका निर्माताहरुलाई असारको ७ गते भित्र निवेदन दिन पनि आग्रह गरेको छ ।
त्यस्तै, निर्माताले चलचित्र दर्ता गर्दा सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको अडिट रिपोर्ट, चलचित्र वितरकले चलचित्र निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात पेश गर्न आग्रह गरेको छ ।
चलचित्र विकास बोर्डको स्थापना वि.सं २०५७ साल असार १६ गते भएको थियो ।