‘झिंगे दाउ २’मा केकी अनुबन्धित

५ असार २०८२ ४:५३

निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाको निर्देशन रहने चलचित्र ‘झिंगे दाउ २’ मा नायिका केकी अधिकारीले अनुबन्धित भएकी छिन् । केकी र निर्माणपक्षबिच बुधबार लिखित संझौता भएको हो ।

यो चलचित्रको अघिल्लो श्रृङ्खलाको मुख्य भूमिकामा केकीले काम गरेकी थिइन् । जुन, बक्स अफिसमा हिट भएको थियो । यसका

‘झिंगे दाउ २’मा अघिल्लो श्रृङ्खलाका अधिकांश कलाकार दोहोरिनुका साथै अन्य केही नयाँ कलाकार अनुबन्धित गर्ने तयारी निर्माणपक्षको छ । निर्माणपक्षका अनुसार, ‘झिंगे दाउ’को सिक्वेल कथा भएका कारण पनि चलचित्रमा पुरानै कलाकार दोहोरने भएको हो।

निर्माणपक्षले अहिले चलचित्रको लागि लोकेशन हेर्ने काम गरिरहेको छ। यसपटक चलचित्रको कथा कुन शैलीमा अगाडि बढ्छ भन्ने चासो सबैलाई छ । अघिल्लो सिरिज हिट भएका कारण पनि निर्देशक तथा निर्माता देउजालाई दर्शकको स्वाद अनुसारको कथा बुन्नु पर्ने दबाब छ ।

‘झिंगे दाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट, संगम भण्डारी, हिउँवाला गौतम, अंशु महर्जन लगायतका कलाकारहरूको अभिनय थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *