‘एक्टर’ र ‘एक्टर : टेक वान’का निर्माताबीच सहमति

१७ माघ २०८१ १०:०३

चलचित्र ‘एक्टर’ र ‘एक्टर : टेक वान’का निर्माताबीच सहमति भएको छ । बिहीबार यी दुवै चलचित्रका निर्माताबीच सहमति भएको हो । केहीदिन अगाडिदेखि यी दुवै चलचित्रका निर्माताबीच नामलाई लिएर विवाद चलेको थियो ।

अहिले यी दुबै चलचित्रको नामलाई लिएर टुंगिएको विवादपछि ‘एक्टर : टेक वान’लाई प्रदर्शन गर्न दिने सहमति जुटेको हो । दुवै चलचित्रको निर्माण कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा ‘एक्टर’ निर्माताले ‘एक्टर : टेक वान’विरुद्ध काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्धा फिर्ता लिने सहमति गरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिए अनुसार ‘एक्टर’का निर्माता नेपाली डायस्पोरा इन्टरटेन्मेन्ट तथा ‘एक्टर : टेक वान’का संयुक्त निर्माताहरु अदृत फिल्म्स र मोती फिल्मबीच आजकै मितिबाट ‘एक्टर : टेक वान’लाई देशव्यापी प्रदर्शन गर्न दिने भनिएको छ ।

चलचित्र ‘एक्टर’ निर्माता सम्राट थापाले आफ्नो चलचित्रको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर : टेक वान’ निर्माण गरिएको दाबीसहित यसको रिलिज रोक्न माग गर्दै आइतबार काठमाडौं जिल्ला अदालतमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *