हिमालको ‘जनै हराएको बाहुन’मा विजयको इन्ट्री

१३ माघ २०८१ ११:२७

पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको चलचित्र ‘जनै हराएको बाहुन’मा अभिनेता विजय बरालको इन्ट्री भएको छ । यो चलचित्रको प्रमुख भूमिकाको लागि बराल अनुबन्धित भएका हुन् ।

निर्देशक हिमाल न्यौपानेले निर्देशन गर्ने यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । निर्माण कम्पनीका विमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ ।

अभिनेता बरालका अनुसार उनी यो चलचित्रको स्क्रिप्ट मन परेर चलचित्रमा जोडिएको बताए । । चलचित्रको कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा छायांकन हुने यो चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन ‘ज्याक ‘ हुन् भने एसोसियट निर्देशक ‘प्रेम गीत – ३’का कलाकार मनिस राउत हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *