यही माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘एक्टर : टेक वन’को लागि अभिनेता राजवल्लभ कोइराला अमेरिकादेखि नेपाल आइपुगेका छन् । यो चलचित्र प्रवर्द्धनको लागि उनी शनिबार काठमाडौं आइपुगेका हुन् ।
उनी शनिबार साँझ ६ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए । अभिनेता कोइरालालाई स्वागत गर्न यो चलचित्रका मुख्य अभिनेता प्रदीप खड्का, निर्देशक राजन भुसाल लगायत त्रिभुवन विमानस्थलमै पुगेका थिए । विमानस्थलमा मिडियासँग कुराकानी गरेका थिए । कुराकानीका क्रममा उनले अभिनय, नेपाली चलचित्र क्षेत्रमा आएको परिवर्तन र आगामी दिनका बारेमा कुरा गरे ।
अभिनेताको कोइरालाको नेपाल बसाइ यो पटक १० दिनको हुनेछ । १० दिनको नेपाल बसाइमा कोइरालाले चलचित्र प्रिमियर, प्रवर्द्धन गतिविधि र आफूद्वारा लिखित कविता संग्रह पुस्तक ‘औरा’को विमोचन समारोहमा भाग लिनेछन् । यो चलचित्रले सोमबार बेलुका क्यूएफएक्सको राधे राधे हलमा प्रिमियर आयोजना गर्दैछ ।
अभिनेता कोइरालाको यो कमब्याक चलचित्र हो । लामो समयपछि उनले ‘एक्टर : टेक वन’बाट अभिनयमा कमब्याक गरेका हुन् । कोइरालाको यो चलचित्रमा शीर्षमध्येको एक भूमिका छ ।