निशा अधिकारी र ‘प्ले इट वन’को निर्माणमा ‘माया प्रीति’ घोषणा

११ माघ २०८१ ११:५९

वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । चलचित्रका कार्यकारी निर्मातामा अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक प्रणव जोशी रहनेछन् ।

रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो । यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन् ।

निर्देशक अवि श्रेष्ठका अनुसार यो नयाँ युगको प्रेम कथा हो, जसले सहज वा असहज परिस्थितिमा पनि प्रेमको मूल्यलाई एकसमान राख्छ । यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका श्रेष्ठले हलिउडको प्रसिद्ध टेलिभिजन च्यानल एचबिओमा काम गरिसकेका छन् ।

प्रणव जोशी चर्चित चलचित्र ‘रेशम फिलिली’का निर्देशक हुन्, जो यस पटक ‘माया प्रीति’का क्रिएटिभ निर्देशकका रूपमा रहनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *