दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्र ‘सारंग’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरले एक परिवारमा सम्बन्ध विच्छेदले निम्त्याउने र त्यसले पार्ने असरको कथा बोल्छ ।
निर्देशक प्रशान्त तामाङको लेखन, निर्माण अनि निर्देशनमा बनेको चलचित्र बालमनोबिज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइएको छ ।
बाल मनोविज्ञान, बालअधिकार, धनी–गरिब परिवारबिचको खाडलको यथार्थ कथा प्रस्तुत गरिएको बताइने चलचित्रको निर्मातामा प्रेम तामाङ र फूलमाया तामाङ छन् । पुष्पा लिम्बू र बिनु गुरुङ सहनिर्माता रहेको यो चलचित्रमा गोपाल रायको छायांकन छ ।
माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा ऋचा शर्मा,उत्पल झा,समीरमणि दीक्षित,सुरज तमु,मणि के राई,अनिषा न्यौपाने,नीरज ब्ल्याक,विश्व स्याङ्बो,दीपिका थापा,सुमन सागर जङ्ग केसी,प्रभात श्रेष्ठका साथमा बालकलाकार द्वय सम्राट र आदित्य मुख्य भूमिकामा छन् । यो चलचित्रलाई स्टेसन ५ ले वितरण गर्दैछ ।
चलचित्रमा मित्र डि गुरुङको सम्पादन, शंकर थापा स्माइल र नकुल कार्कीको सङ्गीत,स्वास्वत श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सुष्मा राईको कोरियोग्राफी छ।