‘मिसिङः केटी हराएको सूचना’लाई प्रिमियरमा तारिफ (फोटो फिचर)

१० माघ २०८१ ९:०१

शुक्रबारबाट रिलिज हुने चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ले बुधबार साँझ ललितपुरको लबिम मलमा भव्य प्रिमियर शोको आयोजना गरेको छ । यो चलचित्रको प्रिमियरमा नाजिर हुसेन र सृष्टि श्रेष्ठ स्टारर मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, मेनुका प्रधान, निश्चल बस्नेत, छविराज ओझालगायत पुगेका थिए ।

यो चलचित्र हेर्ने अधिकांश चलचित्रकर्मीले चलचित्रको कथावस्तुसँगै कलाकारको अभिनय, निर्देशकीय पक्ष, प्राविधिक पक्षको तारिफ गरेका छन् । अभिनेत्री प्रियंका कार्कीले आफूहरुले हेरिरहेको मूलधारका चलचित्रभन्दा फरक रहेको बताइन् । उनले आफूले ‘इन्जोय गरेको खुलाइन् ।

निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनको चलचित्र हेर्ने धेरै पहिलेदेखि इच्छा भएकोमा त्यो इच्छा पुरा भएको बताए । उनले निर्देशकले आफूले भन्न मन लागेको कुरा चलचित्रको माध्यमबाट भनेको जनाए ।

नकिम उद्दिन कार्यकारी निर्माता रहेको चलचित्रमा मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सह–कार्यकारी निर्मातामा छन् ।

ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र ट्राई सिटी पिक्चर्सकै व्यानरमा निर्माण भएको हो । चलचित्रमा दीपेन्द्र गौचनको लेखन र निर्देशन छ ।चलचित्रमा नाजिर, सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *