आगामी भदौ ७ गते साअर्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सतीदेवी’मा मलिका महतको शीर्ष भूमिका छ । यो चलचित्रको सार्वजनिक ट्रेलरका संवादहरुले चर्चा बटुलिरहँदा निर्देशक लक्ष्मण सुवेदी आफ्नो तेश्रो निर्देशनप्रति थप आशावादी बनेका छन्।
विशेषतः चलचित्रको टिजर तथा ट्रेलरमा रहेको ‘सिक्का भेटें खोटो रछ चल्दैन, मजस्तै रछ’ भन्ने संवाद लोकप्रियता सिँढिमा रहेको छ।
संवादको चलचित्रमा महत्व अत्यन्तै ठूलो हुन्छ। संवादले पात्रहरूको भावना, विचार, र कथा स्पष्ट रुपमा दर्शकमाझ पुर्याउँने मात्र नभइ चलचित्रको कथा प्रवाह गर्न, चरित्रहरूको विकास गर्न, र दृश्यहरूको भावनात्मक प्रभाव बढाउने काम गर्छ।
सुवेदी आफ्नो चलचित्रको यिनै कुराहरु उजागर गर्न संवादमा विशेष मेहेनत गरेको बताउँछन्। चलचित्रको निर्देशक सँगै लेखकसमेत भएकाले चलचित्रमा संवादलाई सरस बनाउने आफ्नो प्रयास आफूले गरेको उनको भनाइ छ। ‘मैले मेरो मनबाट लेखेको संवाद हो। चलचित्रको कथा गाँउदेखि सुरु भइ शहरसम्म पुग्नेछ। मैले यसमा गाउँले बोलीचालीदेखि शहरको शैलीसम्म संवादमा टिप्ने प्रयास गरेको छु। टिजर र ट्रेलर आएपछि दर्शकहरुले संवादहरु नोट गर्नुभएको छ।’, उनले भने।
यो चलचित्रको संवादले दर्शकलाई पात्रहरूसँग जोडने काम गर्छ । संवादले चलचित्रलाई स्मरणीय बनाउन प्रभावशाली काम गर्छ भने कयैन अवसरमा चलचित्रको संवादहरु दर्शकको मनमा लामो समयसँग घर बनाएर समेत बस्छन्। तीमध्ये कति संवाद त दर्शकलाई यति मनपर्छन् कि आफ्नो दैनिक बोलीचालीमा समेत प्रयोग गर्ने गरेका थुप्रै उदाहरण छन्।
लक्ष्मणको ‘सिक्का भेटे खोटो रछ चल्दैन, मजस्तै रछ’ संवाद एउटा त्यस्तै उदाहरण हो। यो संवादमाथि थुप्रै महिला तथा किशोरी दर्शकले टिकटक भिडियो, फेसबुक रिल्स तथा युट्यूब सट्सहरु बनाइरहेका छन्। संवादको लोकप्रियताको असरले नै हुनुपर्छ। सुवेदीले रिलिजलाई लिएर दर्शकहरुले व्यग्रता व्यक्त गरिरहेको बताउँछन्। ‘धेरैले नेपाली समाजमा एउटा छोरीमान्छे खोटो सिक्का जस्तै भएको भन्दै व्यक्ति जीवन मुखरित भएको प्रतिक्रिया दिनुभएको छ’, उनले भने।
यो चलचित्रले नेपाली समाजमा छोरीछोरीमात्र हुनुमाथि समाजको दृष्टिकोण, नारी योनीमात्र इज्जतको पहरेदारका सूचकका रुपमा हेर्ने द्वेषी चरित्र र तिनले गर्दा छोरीहरुले भोग्नुपर्ने कुरालाई ‘सतीदेवी’मा सतीदेवि अधिकारी पात्रमार्फत पेस गर्ने सहास गरेका छन्।
दमदार संवादको प्रयोगले चलचित्रको कथा भन्दा पनि गहिरो सन्देश दिन सक्छ, सिनेम्याटिक प्रभावलाई अझ गहिरो र अर्थपूर्ण बनाउन सक्छ। स्वयं दुई छोरीका पिता समेत रहेका ‘सतीदेवी’ निर्देशक सुवेदीको तेश्रो निर्देशकीय चाचित्र हो। यसपटक उनी आफ्ना अघिल्ला दुई निर्देशनमा भन्दा यसमा बढी आशावादी छन्।
उनी भन्छन्, ‘मनदेखि चलचित्र बनाएको छु। छोरीको बाबु हुनुको नाताले पनि होला। हाम्रो समाजले अझै छोरीहरुलाई चिन्न सकेको छैन। बोझमात्रै ठान्दै आइरहेको छ। कहिल्यै बोझ उठाउन सक्छन् भनेर हेरेको पनि छैन। कमजोर हुने तालिम मात्रै दिइरहेको छ। ‘तालिम नै दिने हो भने बोझ उठाउने, स्वाभिमान जगाउने र भरोसाका खम्बा बनाउने तालिम दिउन। सबैकुरा सोच र अठोट न हो। मेरो चलचित्रले भन्न खोजेको नै यही हो। छोरी बुझौं, छोरी पुजौं। चलचित्रको पोस्टरमा मैले हाइलाइट गरेर लेखेको नै यही कारणले हो। कुरालाई कसरी र कस्तो प्रकारले लिने भन्ने न हो।’
त्यस्तै अर्को प्रसंगमा सतीदेवीकी आमा आफूमाथि परेको जसरी पनि छोरी पाउनैपर्ने पितृसत्तात्मक समाजको दबाबको पीडा पोख्छिन् – यसपाली पनि छोरो भएन भने तेरो बाले मलाई मार्छन् र टिजरको एक दृश्यमा मद्धपानका बेलामा मादकपदार्थको अन्तिम थोपा पर्दा खुबै बोलिने भट्टी संवाद ‘फेरि पनि तिम्रो छोरी नै हुने भो’ भन्ने संवादले छोरीको जन्मलाई हाम्रो समाजले कुन रुपले लिन्छ भनेर देखाउँछ।