नायिका नीता ढुंगानाले चलचित्र ‘सुख–दुःख’ निर्देशन गर्ने भएकी छिन्। गतबर्ष चलचित्र ‘ह्रस्व दीर्घ’ निर्माण गरेकी नीताले अब निर्देशनमा पनि डेब्यु गर्ने भएकी हुन्।
नीताले निर्देशन गर्न लागेको यो नाममा यसअघि नै स्वर्गीय निर्देशक शिव रेग्मीले ब्लकबस्टर चलचित्र दिइसकेका छन् । सोही नाम सापटी लिँदै नीताले चलचित्र बनाउन लागेकी हुन्।
नीता फिल्मस्को व्यानरमा निर्माण हुने यो चलचित्रलाई वि.सं २०८३ को दशैंमा रिलिज गर्ने घोषणा समेत नीताले गरेकी छिन् । तर, यो चलचित्रमा कलाकार को को हुने हुन्, अहिलेसम्म खुलाइएको छैन ।
बुझिएअनुसार, नीताले भदौमा एउटा नयाँ चलचित्र बनाउने तयारी गरिरहेकी छिन्।