‘मोहर’को गीतलाई १० लाख भ्यूज, फिल्मप्रति दर्शकको उत्साह

१५ असार २०८२ ६:५५

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मोहर’ साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । ‘यो चलचित्रको ‘चाहिदैन मोहर’ बोलको गीतलाई रिलिज भएको ९ दिनमा १० लाख भ्यूज मिलेको छ ।

सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले चलचित्रप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’

शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । योे गीतको भिडियोमा चलचित्रका मुख्य नायक पल शाह र नायिका नीति शाहलाई फिचरिङ गरिएको छ । दर्शकले पल र नीतिको जोडीलाई पनि निकै राम्रो प्रतिक्रिया दिएका छन् ।

फिल्म मेकर्स प्रा.लिको प्रस्तुतिमा तयार भएको यो चलचित्रले देउकी प्रथाको कथा भन्छ । चलचित्रमा बेनिशा हमाल, अर्जुन जंग शाही, रविन्द्र झा, मिथिला शर्मा, लक्ष्मी गिरी, मिस पवी लगायतका कलाकारहरुको पनि अभिनय छ । गिरिराज घिमिरे मुख्य सहायक निर्देशक रहेको यो चलचित्रको गीतलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।

चुम्बन जंग शाही निर्माता रहेको यो चलचित्रमा दीपेन बस्न्यातको डीओपी, भूपेन्द्र अधिकारीको सम्पादन छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *