‘लाल सिंह चड्डा’मा समीक्षकको एकमत, ‘रक्षा बन्धन’मा विभाजित

२६ साउन २०७९ ९:५९

आज बिहिबारबाट २ बलिउड चलचित्र रिलिज भएका छन् । नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’ र नायक अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘रक्षा बन्धन’ आजबाट रिलिज भए ।

तर, यी दुबै चलचित्रको समीक्षा भने औषत छ । ‘लाल सिंह चड्डा’ले बलिउडका अधिकांश समीक्षकबाट निक्कै नै खराब समीक्षा पाएको छ । जसलेगर्दा, आमिर खानको ४ बर्षको मिहिनेत खासै काम लाग्ने देखिएको छ ।

तर, आनन्द एल रायको निर्देशनमा तयार भएको चलचित्र ‘रक्षा बन्धन’को बिषयमा भने बलिउडका ट्रेड र समीक्षक विभाजित देखिएका छन् ।

आमिरको ‘लाल सिंह चड्डा’लाई खराब समीक्षा

तरण आदर्श, सुमित कँडेल, रोहित जैसवाल जस्ता ट्रेडले चलचित्रलाई ३.५ रेटिङ दिदै राम्रो भनेका छन् ।

तर, कोमल नाहता, आभिष्कार लगायतका समीक्षले यो चलचित्रलाई पनि खराब भनेका छन् । केही कमेडी दृश्यका कारण चलचित्रलाई उत्कृष्ट भन्न नसकिने उनीहरुको भनाई छ । बरिष्ठ समीक्षक कोमल नाहटाले यो चलचित्रको पटकथा निक्कै नै कमजोर रहेको र केही संवादहरु अपेक्षा गर्न नसकिने खालको रहेको बताएका छन् ।

दाइजो प्रथाको विरुद्धमा बनेको यो चलचित्रले पनि ओपनिङ व्यापार कमजोर गरेको छ । यसरीहेर्दा, यो साता बक्स अफिसमा रिलिज भएका दुबै बलिउड चलचित्रले बिदाको फाइदा उठाएपनि खासै गतिलो व्यापार गर्ने देखिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *