आमिरको ‘लाल सिंह चड्डा’लाई खराब समीक्षा

२६ साउन २०७९ ६:४४

बिहिबारदेखि रिलिजमा आएको बलिउडको प्रतिक्षित चलचित्र ‘लाल सिंह चड्डा’लाई भारतीय पण्डितहरुले निक्कै नै खराब प्रतिक्रिया दिएका छन् । भारतका चर्चित ट्रेडदेखि दर्शकले यो चलचित्रलाई निराशाजनक प्रतिक्रिया दिएका छन् ।

भारतका चर्चित ट्रेड विश्लेषक तरण आदर्शले यो चलचित्रलाई २ रेटिङ दिदै निराशाजनक भनेका छन् । उनले लेखेका छन्–‘आमिर खानको कमब्याक चलचित्र बिच बाटोमा पेट्रोलविनाको गाडी जस्तो छ । चलचित्रको पटकथा र दोश्रो हाफ निक्कै कमजोर छ । केही रोचक दृश्यहरु छन्, तर दर्शकको मनमा बस्न असफल छ ।’

यो चलचित्रलाई भारतका चर्चित अनलाइनहरुले पनि कमजोर समीक्षा गरेका छन् । यस्तै, चलचित्रलाई बलिउडका ट्रेडहरु सुमित कँडेल, रोहित जैसवाल लगायतले पनि २ रेट्रि दिएका छन् ।

चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ फ्लप भएपछि ४ बर्ष ब्रेक लिएका आमिर र नायिका करिना कपुरको अंग्रेजी चलचित्रको रिमेकले पनि दर्शकलाई प्रभावित पार्ने संभावना कमजोर देखिएको छ । बक्स अफिसमा यो चलचित्रको ओपनिङ पनि सुखद नहुने संकेत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *