फिल्म ‘बाटुलो जुन’मा नायिका गरिमा पन्तको प्रवेश भएको छ । ‘झोला’ नामक फिल्ममा काम गरेपछि रजतपटको दुनियाँबाट टाढा भएकी गरिमा करिब एक दशकपछि पर्दामा फर्किएकी हुन् ।
यो फिल्मलाई भुवन केसीले निर्देशन गरिरहेका छन् । असोजको ३० गतेबाट रिलिजमा आउने फिल्मको हाल अन्तिम चरणको छायांकन भइरहेको छ । फिल्ममा गरिमा कलाकार भुवन केसीको जोडीको रुपमा देखिन लागेको वुझिएको छ ।
यो फिल्ममा भुवन केसी, अनमोल केसी, प्रिन्सी खतिवडा, न्यान्सी खड्का, गरिमा पन्त लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
फिल्म ‘बाटुलो जुन’को चर्चा निर्माणसँगै बढेको छ । यसको फस्टलुकले समेत दर्शकको माया पाइसकेको छ ।
यसपटक, ग्रामिण परिवेशलाई फिल्मको कथावस्तु बनाएको भुवनको तर्क छ । नायिका गरिमा पन्तले ‘झोला’बाट ‘राष्ट्रिय अवार्ड’ समेत जितेकी थिइन् ।