फिल्म ‘जलाकी’को छायांकन सकिएको निर्माणपक्षले बताएको छ । ३९ औं दिनमा पोखरा इन्टरनेशनल म्युजियममा अन्तिम दृश्य खिच्दै छायांकन सकिएको जानकारी निर्माण टिमले दिएको हो ।
केही दिनमै फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमले गरेको छ । अशोक थापा मगरको निर्देशनमा तयार भएको यो फिल्ममा उपासना सिंह ठकुरी मुख्य भूमिकामा छिन् । उनको साथमा फिल्ममा सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गुरुङ, वुद्दिमान तामाङ, अस्तित्व भट्टचन लगायतका कलाकारहरुको अभिनय छ ।
यो फिल्मले मगर समुदायको कथा भन्छन् । रुकुम, रोल्पा, म्याग्द,ि बाग्लुङ, पोखराको विभिन्न भूभागमा यो फिल्म खिचिएको छ ।
फिल्ममा ओम घर्ती मगर, बिर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर, मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकीको लगानी छ । एम मिडिया प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा शैलेन्द्र डी कार्कीको डीओपी, एसडी योगी र सरित राइको संगीत छ ।