रामजी र शान्तीश्रीको ‘सर्दी लाग्छ नरुझ पानीमा’

१४ साउन २०७९ १३:३९

गीतकार तथा गायिका गायत्री थापाको नयाँ तीज गीत ‘सर्दी लाग्छ नरुझ पानीमा’ सार्वजनिक भएको छ । लोकशैलीमा तयार गीतमा रामजी खाँड र शान्तीश्री परियारको स्वर रहेको छ ।

राजस सुनामको संगीत तथा एरेन्ज रहेको गीतको आकर्षक भिडियो समेत बनेको छ । भिडियोमा गायक रामजी खाँड र मोडल जुना सुन्दासको अभिनय छ । थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियोको निर्देशन तथा कोरियोग्राफी जेरी भण्डारीले गरेकी हुन् ।

करण चैसिरको छायाँकन, नविन घर्तीमगरको सम्पादन रहेको भिडियो शिव दर्शन फिल्मस्ले निर्माण गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *