गोरखाबाट ‘पहाड’को छायांकन सुरु

२२ माघ २०८१ ११:१०

वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा चलचित्र ‘पहाड’को छायांकन सुरु भएको छ । मंगलबार बिहान यो चलचित्रको गोरखाबाट छायांकन सुरु गरिएको हो ।

गोरखामा २५ दिन र भारतमा १५ दिन छायांकन गरिने चलचित्रको गोरखा दरबारमा पुजा गरेपछि मुख्य कलाकारहरू मदनकृष्ण श्रेष्ठ, अरुण क्षेत्री र डेब्यू नायिका पञ्चमी घिमिरेले मुहूर्त सट खिचिएको थियो ।

भाग्य रत्न फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने यो चलचित्रले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएको पहाड र यसले निम्त्याएको आर्थिक र सामाजिक समस्याको कथालाई पेश गर्छ ।

ओजस्वी केसी निर्माता रहेको यो चलचित्रमा प्रमोद प्रधानको छायांकन रहनेछ । रिम्पोछे लामा थिङ्ग र सुरेश लामा थिङ्ग सह–निर्माता रहेको चलचित्रले दर्शकको माया पाउने विश्वास गरिएको छ । चलचित्रमा विपिन कार्की, सुनिल थापा लगायतका कलाकारहरूको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *