सुहानालाई मुख्य भूमिकामा राख्दै ‘बा एक योद्धा’को छायांकन सुरु

९ चैत २०८२ ११:४६

नयाँ सिनेमा ‘बा एक योद्धा’को छायांकन सुरु गरिएको छ । संगीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा यो फिल्मको छायांकन सुरु गरिएको हो । सोमबार पशुपतिनाथ मन्दिर परिसरमा शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको जानकारी निर्माणपक्षले दिएको छ ।

यो फिल्मको मुख्य भूमिकामा नायिका सुहाना थापाले काम गरिरहेकी छिन् । उनको साथमा फिल्ममा कलाकार दिव्य देवको पनि मुख्य भूमिका छ । अन्य कलाकारहरुको बिषयमा निर्माणपक्षले केही पनि जानकारी दिएको छैन ।

आर्टिस्टिक इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको यो फिलमले समाजको एक मार्मिक पक्षलाई उजागर गर्ने बताइएको छ ।

यो फिल्मले बुबाको महत्व, सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्षको कथा भन्छ । शिवराम श्रेष्ठको डीओपी रहेको फिल्मका निर्माता वसन्त लम्साल हुन् । वसन्तले यसअघि फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।

फिल्मको सम्पूर्ण छायांकन सकिएपछि मात्र प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ । सुहानाले अभिनय गरेको फिल्म ‘परालको आगो’ बैशाख ११ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्म रिलिज अगावै सुहानाले ‘बा एक योद्धा’को छायांकन सुरु गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *