‘चुना लाएर’मा इशाको गज्जब डान्स, के मोडलिङमा जम्लिन् त ?

९ असोज २०८२ ६:२५

मोडल इशा परियार लामो समयदेखि मोडलिङमा सक्रिय छिन् । उनी, मोडलिङ क्षेत्रमा सफलता पाउन संघर्ष पनि गरिरहेकी छिन् ।

उनै, इशाको लोभलाग्दो डान्स र बदलाको कथामा ‘चुना लाएर’ बोलको गीत रिलिज गरिएको छ ।

सिम्रन परियारको स्वरमा यो गीतमा दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत छ ।

मोडल इशाले यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको भिडियोमा पनि काम गरिसकेकी छिन् । साथै, इशाले एक दर्जन बढी भिडियोमा पनि नृत्य गरेकी छिन् । यो भिडियोमा उनको मिहिनेत प्रष्ट झल्किएको छ ।
भिडियोमा उनको साथमा विशाल कैनी, रमेश अधिकारी, रमेश वुढाथोकी र दीपेन्द्र कुँवरको पनि अभिनय हेर्न सकिन्छ ।

विशाल कैनीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा मिलन विश्वकर्माको सम्पादन, नवराज उप्रेतीको छायांकन छ । भिडियोमा एक युवतीको बदलाको कथा पनि समेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *