‘परिवर्तन’ माघ ९ बाट रिलिज हुने, एक्सन अवतारमा देखिए सुशील

६ असोज २०८२ ५:१२

नायक सुशील श्रेष्ठले करिअरमै अहिलेसम्मकै खतरा एक्सन गरेको भनिएको फिल्म ‘परिवर्तन’ माघको ९ गतेबाट रिलिजमा आउने भएको छ । यो फिल्मको आज फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति फाइनल गरिएको छ ।

दिब्यासी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मको पोष्टरमा आगो, लडाइँ र प्रतिशोधको झल्को स्पष्ट रुपमा देखिएको छ । हातमा तरबार बोकेर आगोको रापमा उनी खेलेको देखिन्छ । यो फिल्म सस्पेन्स र एक्सन कथामा केन्द्रित छ ।

सार्वजनिक पोष्टरमा सुशीलले नेताहरुलाई रोक्न खोजेको वा संझाउन खोजेको पनि देख्न सकिन्छ । यसबाट, फिल्म देशको परिवर्तनको लागि हुने लडाइँको कथामा केन्द्रित छ भन्ने वुझ्न सकिन्छ । फिल्ममा श्री श्रेष्ठको एक्सन छ । विजय केरुङको निर्देशनमा तयार भएको फिल्ममा कथा र लगानी दीपक सिवाकोटीको छ ।

फिल्ममा सुशीलको साथमा अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त वुढाथोकी, सुवास मेचे, वुद्दि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायतका कलाकारहरुको अभिनय छ । शिवम् अधिकारीको लेखन रहेको यो फिल्ममा शिव ढकालको डीओपी, बन्दे प्रसादको सम्पादन छ । फिल्मलाई आर.आर फिल्मस्ले वितरण गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *