‘हरिबहादुरको जुत्ता’को ट्रेलरः हरिवंशको कमेडी, राजनीतिक मुद्दा पनि उठाइयो

४ असोज २०८२ ११:३७

सिनेमा ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलको युट्युब च्यानलबाट यो सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो फिल्मको ट्रेलरमा कलाकार हरिवंश आचार्यलाई नै प्राथमिकता दिइएको छ । उनको वरिपरी नै यो फिल्मको ट्रेलर घुमेको छ । हरिवंशको बोल्ने शैली, उनको कमेडी र फिल्मको राजनीतिक बिषयवस्तुले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।

फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । असोजको १३ गतेबाट रिलिजमा आउने यो फिल्मलाई मोहितवंश आचार्य र सरोज ओली मिलेर बनाएका हुन् ।

एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा कृष्णबहादुर थापाको डीओपी, नहकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ ।

दशैंमा दर्शकले पारिवारिक कथाका फिल्म हेर्न रुचाउँछन् । यसपटक, यो फिल्म दर्शकको रोजाइमा पर्न सक्ने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *