‘बलिदान’को ट्रेलरलाई उत्कृष्ट प्रतिक्रिया, युट्युब ट्रेन्डिङ नम्बर १ कब्जा
४ असोज २०८२ १०:०९
शुक्रबार सार्वजनिक भएको फिल्म ‘बलिदान’को ट्रेलरले युट्युबमा धुम मच्चाइरहेको छ । सार्वजनिक भएको केही घन्टामै नेपालमा युट्युबमा पहिलो नम्बरको ट्रेन्डिङमा परेको छ । साथै, विश्वका थुप्रै देशमा पनि यो फिल्मको ट्रेलर ट्रेन्डिङमा छ ।
दर्शकले, यो फिल्मको मेकिङ, कथावस्तु, एक्सन, संवादलाई निकै रुचाएका छन् । असोजको १३ गते फूलपातिबाट रिलिजमा आउन लागेको यो फिल्ममा नायक समीर भट्टको कामको पनि सर्वत्र तारिफ भइरहेको छ । फिल्ममा ऋचा शर्मा, सौगात मल्ल, अर्पण थापा, हेमन्त वुढाथोकी, कविता राय, सन्तोष सेन लगायतको फरक लुक्सले पनि दर्शकको ध्यान तानेको छ ।
फिल्मका निर्देशक सन्तोष सेनले यो फिल्मलाई केवल फिल्म मात्र नभनेर हरेक नेपालीको विद्रोहको प्रतिक रहेको बताएका छन् । फिल्मको ‘यो ज्यान बलिदान’ पनि चर्चामा छ ।
पवन ब्राडफोर्डको निर्माणमा तयार भएको फिल्मका कार्यकारी निर्माता प्रेम पुरी हुन् । फिल्मले फूलपातीको दिन बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ ।