कमेडी र भावनात्मक विषयवस्तुमा निर्माण भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ आफ्नो तोकिएको मिति अर्थात फूलपातीमै प्रदर्शन हुनेछ। आज सोमबारदेखि फिल्म हल खुल्ला हुने भएपछि निर्माण पक्षले चलचित्रको प्रदर्शन फूलपातीमै गरिने बताएको हो ।
निर्माता सरोज वलीका अनुसार, जेनजी आन्दोलन भएपनि आफूहरुले यसको कुनैपनि प्रचार प्रसार नरोकेको बताउछन्। वली भन्छन्,- ‘हरिबहादुरको जुत्ता’ फूलपातीमै रिलिज गर्ने तयारीमा हाम्रो छौ, ‘हामीले चलचित्रको प्रचार समेत रोकेका छैनौँ ।’
यो चलाचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। चलचित्रमाहरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । चलचित्रमा कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ ।