‘जेनजी’लाई ‘ब्रान्ड’को संज्ञा दिदै दुर्गेश थापा

२३ भदौ २०८२ १:१९

गायक दुर्गेश थापाले जेनजीलाई समर्थन गर्दै ‘जेनजी’ केवल एक नाम नभएर ‘ब्रान्ड’ भएको बताएका छन्। उनले ‘जेनजी’ पुस्ताले गर्न लागेको प्रदर्शनलाई समर्थन गर्दै ‘ब्रान्ड’को संज्ञा दिएका हुन्।

आइतबार दुर्गेशाले आफ्नो फेसबुकमा एक पोस्ट मार्फत देशमा व्याप्त बेथिति र भ्रष्टाचारविरुद्ध आवाज उठाउने युवा पुस्ताको प्रशंसा गर्दै आफू पनि उनीहरूसँगै उभिएको बताएका हुन् ।

उनले यो पुस्ताले देशमा परिवर्तनको क्रान्ति सुरु गरिसकेको भन्दै उनीहरूको कदमलाई सकारात्मक ऊर्जाका साथ समर्थन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *