अनिलको ‘मितज्यु’मा अरुणको इन्ट्री

२२ भदौ २०८२ ८:५६

निर्देशक अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको चलचित्र ‘मितज्यु’अरुण पुन मगरको इन्ट्री भएको छ। बिहिबार निर्माण टिमले अरुणलाई यो चलचित्रको लागि अनुबन्धित गरेको हो। तर, चलचित्रमा अरुणको भूमिका बारे खुलाइएको छैन्।

अरुणले यसअघि चलचित्र ‘खुश्मा’मा काम गरेका थिए। अनिल र अरुणको यो दोस्रो सहकार्य हो। यो चलचित्रमा यसअघि अभिनेता सौगात मल्ल,दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका छन्।

‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने यो चलचित्रमा महेश राईको कथा जनक घर्ती मगरको लगानी र सिनेमाटोग्राफीमा शिशिर बिशङ्खे रहनेछन।

यो चलचित्रलाई आगामी चैत २७ गतेबाट प्रदर्शनमा ल्याउने तयारी निर्माणपक्षको छ। चलचित्रको छायांकन मंसिरको दोस्रो हप्ताबाट रोल्पा लगायत स्थानबाट गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *