आगामी कात्तिक ६ गते भाइटीकाबाट प्रदर्शनमा आउने चलचित्र ‘वरिष्ठ बलराम’को दुई पोस्टर र टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले मुख्य स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।
चलचित्रको पोस्टरमा दयाहाङ र विजयलाई क्यारेक्टरमा देख्न सकिन्छ । जुन, पोस्टरले चलचित्रको कथा के हो भन्नेमा कौतुहलता सिर्जना गरेको छ । तर, कथा केही पनि चुहाएको छैन । तेस्तै सार्बजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक-झोकलाइ प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाई दिएको छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ ।
सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाकंन चितवनका विभिन्न स्थानमा गरिएको हो । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको यो चलचित्र वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसले सहकार्य गरेको हो। चलचित्रको कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायांकन रहेको छ । चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।