भिम लामाको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘लडाई पहिचानको’ गीत ‘काली काली प्यारी दिल वाली’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा धिरेन शाक्य र करिश्मा मानन्धरलाई दर्जन बढी कोरस डान्सरका साथ रोमान्टिक र आकर्षक अवतारमा नृत्य गर्दै गरेको देख्न सकिन्छ। सार्वजनीक गीतमा रागुन गुरुङ र रोजिना बस्नेतको स्वर, बुद्धवीर लामाको लेखन,बलराम सामलको संगीत सुन्न सकिन्छ भने गीतलाई मणि कुमार लिम्बूले कोरियोग्राफी गरेका छन्।
आगामी मङ्सिर ५ गतेदेखि सार्वजनीक प्रदर्शनमा आउने यो चलचित्रमा धिरेन र करिश्माका अलावा प्रशान्त तामाङ, जेनी घिसिङ, प्रेम सुब्बा, राजेन्द्र खड्गी, सुरवीर पण्डित, किशोर सम्बाहम्फे, रोशन शर्मा, सुबास योन्जन, परसुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी बिस्टको अभिनय रहेको छ ।
चलचित्रलाई भिम लामा, दिलु सुब्बा, रामजी बिस्ट र उमेश तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् । यसको पटकथा भिम लामा, सरोज केसी र रमेश डी काउशिकले लेखेका छन् । जहाँ,यस फिल्मको छायांकन मदन कश्यप घिमिरेले गरेका छन् भने सम्पादन र कलर रमेश डी काउशिकले गरेका छन् ।
कुबेर सिने डिस्ट्रिब्युसन प्रा.लि. ले नेपालभर वितरण गरिरहेको छ भने डिजिटल पार्टनर ओ.एस.आर डिजिटल रहेको छ ।