‘रिमै’को दोस्रो मर्मस्पर्शी गीत ‘छुटिसकेको’ रिलिज

१८ भदौ २०८२ ५:४०

भदौ २० गते शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘रिमै’को दोस्रो गीत ‘छुटिसकेको’ सार्वजनिक गरिएको छ । गायक थानेश्वर गौतमको स्वर, कवि श्रवण मुकारुङको शब्द रचना तथा नारायण दंगलको एरेञ्ज रहेको गीतमा शारदा रसाइलीको पनि स्वर समावेश छ।

निर्देशक खिल बहादुर गुरुङको निर्देशन रहेको गीतको भिडियोमा दयाहाङ राई र रिश्मा गुरुङ प्रस्तुत छन् । दयाहाङको प्रेमभाव र रिश्माको पीडालाई उजागर गरेको यो गीत कथावाचनकै हिस्साको रूपमा छ ।

गुरुङ समुदायको संस्कृतिलाई मुख्य विषयवस्तु बनाएर त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रमा दयाहाङ र रिश्मासहित अर्पण थापा, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ । गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रमा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन छ।

शैलेन्द्र ध्वज कार्कीले खिचेको चलचित्रमा वीरवल घले कार्यकारी निर्माता, टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *