‘माइतीघर’को ‘नृत्य प्रतियोगीता’मा दर्शकको सहभागिता कस्तो छ ?

१८ भदौ २०८२ ४:२३

आगामी असोजको १३ गते फूलपातिबाट रिलिजमा आउन लागेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतको नृत्य प्रतियोगितामा दर्शकहरुको सहभागिता उत्साहजनक छ । असोजको १२ गतेसम्म जारी रहने यस प्रतियोगीतामा सोमबारबाट सुरु भएको हो। प्रतियोगिताका विजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो प्रतियोगीताको लागि २४ घन्टा नबित्दै धेरै भिडियोहरु बनेको निर्माता रोहित अधिकारी बताउछन्। उनि भन्छन्–‘दर्शकहरुले । दर्शकहरुको यो सहभागिताले हामीलाई निकै नै उत्साहित बनाएको छ । २४ घन्टा नबित्दै ओएसआर डिजिटलको विभिन्न सामाजिक प्लेटफर्ममा १५–२० लाख भ्यूज आइसकेको छ ।’

रोहितले दर्शकहरुको यो उत्साहले आफूहरूलाई अझै उर्जा थपिएको बताए । सुरुवातमा यसको निर्माणपक्षले यो भिडियो प्रतियोगितामा प्रथम हुनेलाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरेको थियो । तर, अब दोस्रो र तेस्रो हुनेलाई पनि पुरस्कार दिने बताइएको छ । साथै, सहभागिता जनाउनेहरूको पनि हात खाली नहुने रोहितले जानकारी दिए ।

सञ्जिवनीको स्वरमा समावेश यो गीत सार्वजनिक भएसँगै चर्चामा छ । यो गीतमा ४० सेकेन्डदेखि २ मिनेटसम्मको नृत्य गरेर भिडियो बनाउनेहरुमध्येबाट एक जनालाई ५ लाख नगद पुरस्कार दिने घोषणा गरिएको हो । गीतको भिडियोमा उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन छ । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ । रोहित भन्छन्–‘कतिपय भिडियोहरूमा त दर्शकको मिहिनेत देखेर हामी आफै छक्क छौं । दर्शकहरुले भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर नै बाँकी राख्नु भएको छैन ।’

केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको यो फिल्ममा अभिनय छ ।

चन्द्रकुमार दोङको कथा रहेको चलचित्रमा रामशरण पाठकको पटकथा तथा संवाद छ । रबिन शेरचन र धिरज तामाङको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *