आजदेखि ‘कुमारी’को छायांकन सुरु

१७ भदौ २०८२ ६:३९

दिनेश राउतले निर्देशन गरिरहेको चलचित्र ‘कुमारी’को छायांकन सुरु भएको छ। मंगलबार बिहान ललितपुरको बङ्गलामुखी मन्दिरमा चलचित्रको शुभ मुहूर्त गरिएको हो।

मुहूर्त कार्यक्रममा चलचित्रका मुख्य कलाकार, निर्देशक, र निर्माण टोलीको उपस्थिति थियो। ललितपुरको पाटन क्षेत्रबाट सुरु भएको यो चलचित्रको छायांकन ३५ दिन छुट्ट्याइएको छ । चलचित्रमा अबिषेक खड्का र आकृति राजभन्डारी मुख्य भूमिकामा छन्। यी दुईबाहेक घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा, र भूपी लुहारजस्ता कलाकारहरूको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमको सहकार्यमा निर्माण गरिरहेको यो चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। चलचित्रमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत छ । सुसन प्रजापतिको छायांकन रहेको चलचित्रमा कार्यकारी निर्माताको रुपमा केदार भुसाल र किरण थापाको कोरियोग्राफी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *