‘हरिबहादुरको जुत्ता’को दोस्रो गीतमा प्रकाश र स्वस्तिमाको जोडी

१७ भदौ २०८२ ५:०८

यहि असोजको १३ गते फूलपातिबाट रिलिजमा आउन लागेको चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन् ।

आशिष अविरल र मेलिना राइको स्वर, दान बहादुर कार्कीको शब्द, दीपक शर्माको संगीत रहेको यो गीता लोक लयमा तयार पारिएको छ। यो गीतमा प्रकाश र स्वस्तिमाको जोडी गज्जब सुहाएको छ। यो गीतको भिडियोलाई किरण थापा र रविता मगरले कोरियोग्राफी गरेका हुन् ।

चलचित्रलाई निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्। चलचित्रमा हरिवंश आचार्यसहित, प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय पनि समावेश छ।

चलचित्रमा सरोज ओली र मोहित वंश आचार्यको निर्माण, हरिवंश आचार्यको कथा र पटकथा, शैलेस खत्री कार्यकारी निर्माता, नहकुल खड्काको सम्पादन, किरण थापा, विक्रम स्वार र मौसम हिमालीको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *