‘नेपाल आइडल’ छैटौं सिजनको विजेता बनिन् गंगा सोनाम

१६ भदौ २०८२ ४:५१

चर्चित रियालिटी शो ‘नेपाल आइडल’ छैटौं सिजनको विजेता सिन्धुपाल्चोककी गंगा सोनाम बनेकी छन् । आइतबार राति काठमाडौँमा सम्पन्न भएको ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धीलाई उछिन्दै गंगा बिजेता बनेकी हुन्।

‘नेपाल आइडल’ छैटौं सिजनको विजेता बनेकी गंगाले २५ लाख रुपैयाँसहित विभिन्न उपाधि हात पारेकी हुन् । यस्तै फस्ट रनरअपलाई १० लाख र सेकेन्ड रनरअपलाई ५ लाख रुपैयाँ प्रदान गरिएको छ ।

फिनालेमा गंगा सोनामसहित दर्शना गान्धारी, अभिनय खाती, मृनल मानन्धर र बबिता थापामगर प्रतिस्पर्धामा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *