चौथो सातासम्म आइपुग्दा ‘मोहर’को कमाई ५ करोड ४२ लाख

१५ भदौ २०८२ ७:०१

गत साउनको २३ गतेबात प्रदर्शनमा आएको चलचित्र ‘मोहर’ हाल चौथो सातामा प्रवेश गरेको छ। यो चलचित्रले रिलिजको चौथो शनिबारसम्म आइपुग्दा ५ करोड ४२ लाख ग्रस कलेक्शन गरेको हो।

चुम्बन जंग शाहीले निर्माण गरेको यो चलचित्रका वितरक करण श्रेष्ठ क्रेजीले चलचित्रको व्यापार चौथो सातासम्म आइपुग्दा पनि सुखद रहेको बताए। साथै, उनले चलचित्रको व्यापार अझै बढ्ने दाबी गरे ।

फिल्म मेकर्स प्रा.लिको ब्यानरमा निर्माण भएको यो चलचित्रले चौथो साताको शनिबार पनि दर्शकको राम्रो साथ पाएको थियो । चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक ओम प्रतिकको लेखन तथा निर्देशन रहेको यो चलचित्रले दर्शकहरुको सुखद प्रतिक्रिया पाएको छ । यहीकारण, चलचित्र बक्स अफिसमा ‘हिट’ भएको हो ।

चौथो सातामा पनि हल पुगेका चलचित्रका मुख्य नायक पल शाहले खुशी व्यक्त गर्दै चलचित्रले ५१ दिन मनाउने विश्वास समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *