कात्तिक २७ गते ‘शिवांश : च्याप्टर–१’ प्रदर्शन

१४ भदौ २०८२ ८:२४

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको चलचित्र ‘शिवांश : च्याप्टर–१’ कात्तिक २७ गते रिलिज हुने भएको छ । निर्माणपक्षले कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे अंकित पोस्टर सार्वजनिक गर्दै कात्तिक २७ गते रिलिज घोषणा गरेको हो ।

पोखरा आसपासमा छायांकन गरिएको ‘शिवांश’ यतिबेला पोस्टप्रोडक्सनमा छ । चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय चलचित्र हो ।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाको मुख्य भूमिका रहेकोयो चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ ।

चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । चलचित्रमा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् ।

चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी, कार्यकारी निर्माता सम्भू थापा हुन् । सरद महतो डीओपी रहेको चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना छ । न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत छ । राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *