‘एक्लो’को शिर्ष गीतमा कविताको नृत्य

६ भदौ २०८२ ५:५७

निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको चलचित्र ‘एक्लो’को छायांकन सकिएको छ। यो चलचित्रको शीर्ष गीतको भिडियो खिचेसँगै सम्पूर्ण छायांकन सकिएको हो।

कविता नेपालीको कोरियोग्राफी तथा नृत्य रहेको यो गीतको भिडीयो काठमाडौंमा भव्य सेट लगाएर छायांकन गरिएको हो । स्वप्निल शर्माको स्वर रहेको गीतमा रोहित शाक्यको संगीत छ । गीतको भिडियोमा कविता मुख्य भूमिकामा छिन् ।

दुर्लभ वैज्ञानिक कथामा आधारित रहेर निर्माण गरिएको यो चलचित्रको कार्यकारी निर्माता विनोद सुवेदी हुन्। आगामी दशैंमा यो गीतको भिडियो सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ। चलचित्रको प्रोडक्सन हाल लण्डनमा भइरहेको छ ।

चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ । नायक प्रदीप खड्कासँगै बेनिशा हमाल, विजय लामा, दिया पुन, कविता नेपाली, जेमी बेकन, सुरज सिंह ठकुरी लगायतका कलाकारहरुले यो चलचित्रमा अभिनय गरेका छन् ।

चलचित्रमा राजकुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन, भुवन अधिकारी, संगीतावादी श्रेष्ठ, रितेश राना, सुशील प्रजापति, शशिकला गुरुङको लगानी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *