फिल्म रिलिजको बेला किन बुवाको मुख हेर्न पुग्छन् माग्नेबुढा ?

५ भदौ २०८२ ६:३०

कलाकार केदार प्रसाद घिमिरे (माग्ने बुढा) को प्रमुख भोमिका रहेको चलचित्र ‘माग्ने राजा’ भोलि शुक्रबारबाटप्रदर्शनमा आउँदैछ। तर, चलचित्र प्रदर्शनको संघारमा माग्ने बुढा आफ्नो बुवालाई भेट्न हेटौंडा अवस्थित घरतिर लागेका छन् ।

किन हरेक पटक आफ्नो चलचित्र प्रदर्शन हुनु अगाडि उनी आफ्नो अघि घर जाने गर्छन् ? भन्ने प्रश्न पनि कति दर्शकको मनमा उब्जिन सक्ला। तर, उनी भने आफ्नो चलचित्र प्रदर्शन हुनुभन्दा केही दिन अघि सधैं आफ्नो बुवाको आशिर्वाद लिन घर जाने गरेका छन्।

उनी भन्छन्,’मेरो बुवा यहीँ हेटौंडामा हुनुहुन्छ। त्यहीँ भएर आशिर्वाद लिन म सधैं यहीँ आउँछु। कुनै-कुनै चलचित्र प्रदर्शनको बेला आउन पाइन होला तर आजसम्म मेरो अधिकांश चलचित्रको प्रदर्शनअघि म बुवाको आशिर्वाद लिन जसरी पनि घर आउँछु।’

माग्ने बुढा आफ्नो चलचित्र प्रदर्शन अघि मात्र नभई, चलचित्र प्रदर्शनपछि पनि बुवासँगै बसेर चलचित्र हेर्ने गर्छन् । उनको बुवा दमको बिरामी छन् ।

उनले आफ्नो हरेक चलचित्र प्रदर्शन हुँदा सम्भव भए काठमाडौं नत्र हेटौंडाकै हलमा चलचित्र हेर्न लाने गरेको बताउछन्। उनले यसपटक पनि बाउ-छोरा कहाँ बसेर चलचित्र हेर्ने भन्ने सल्लाह भइ नसकेको बताए।

आफ्नो बुहारीको जन्मदिन मनाएर आज बेलुका काठमाडौं फर्किने उनि बताउछन्। त्यस्तै, पर्सीबाट उनी दर्शक भेट्न् हल-हल पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *