‘सकम्बरी’बाट जीवन लुइँटेलको कमब्याक

४ भदौ २०८२ १२:२०

नायक जीवन लुइँटेलले चलचित्रमा कमब्याक गर्ने भएका छन् । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’बाट उनले अभिनयमा कमब्याक गर्न लागेका हुन्।

यो चलचित्रमा जीवनको मुख्य भूमिका रहनेछ। जीवनको साथमा, अर्का नायक अर्पण थापा पनि चलचित्रको प्रमुख भूमिकामा छन्। यो चलचित्रको अन्य कलाकार र निर्देशकको बारेमा विस्तारै जानकारी गराउने निर्माणपक्षको भनाई छ।

जीवनले कान्तिपुर फिल्म एकेडेमीकै नाटक ‘शिरीषको फूल’बाट अभिनयमा कमब्याक गरेका थिए । सोही उपन्यासमा रहेकी ‘सकम्बरी’ पात्रको नाममा यो चलचित्र निर्माण हुन् लागेको हो । बुझिएअनुसार, यो चलचित्रको सेटअप पनि ‘सकम्बरी’ पात्रकै वरिपरी बुनिनेछ ।

३ करोडको बजेटमा निर्माण हुने यो चलचित्रको कथामा सकम्बरी, सुयोगवीर र शिवराजको पात्र मुख्य छन् । जीवनले ‘सुयोगवीर’ र अर्पणले ‘शिवराज’को पात्र निर्वाह गर्नेछन् । तर, कथावस्तुलाई भने नयाँ शैलीमा ढाल्ने तयारी गरिएको छ ।

जीवन र अर्पण चलचित्रलाई लिएर निकै उत्साहित छन्। चलचित्रको छायांकन वर्मा र नेपालमा हुनेछ। यो चलचित्र साइन गरेर जीवन अमेरिका उड्नेछन् । दशैंमा नेपाल आएपछि जीवनले यसको वर्कसप सुरु हुनेछ । चलचित्रको छायांकन तिहारपछि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *