माग्ने राजा: अष्ट्रेलियामा सय बढी शोज

४ भदौ २०८२ १२:००

भदौ ६ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘माग्ने राजा’ अष्ट्रेलियाका विभिन्न शहरका २५ हलमा लाग्ने भएको छ । अष्ट्रेलियाको प्रदर्शन अधिकार लिएका के थ्रीजी इभेन्ट र दृश्य इन्टरटेनमेन्टका अनुसार यो चलचित्रले सय सोजका साथ प्रदर्शन हुदैछ।

थ्रीजीका गोविन्द भण्डारीका अनुसार, हलमा प्रदर्शन हुने भएसँगै बुकिङ खुला गरिएको यो चलचित्रको बूकिङ सुरुवाती चरणमा रहेको र प्राप्त शोजको आधारमा हेर्दा फिल्मले सुखद व्यापार गर्नेछ।

दृश्य इन्टरटेनमेन्टकी कृष्टि श्रेष्ठले चलचित्रको हाइप र सम्भावनालाई मध्येनजर गरेर पर्याप्त सोसहित रिलिज गर्न लागेको चलचित्र रिलिज हुन लागेको बताइन् । उनका अनुसार अष्ट्रेलियामा लामो समयपछि नेपाली चलचित्र हलमै रिलिज हुन लागेको हो ।

‘माग्ने राजा’लाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्टले वितरण गर्न लागेको हो । नमस्ते इन्टरटेन्मेन्टका देव कार्कीले चलचित्र पर्याप्त सोसहित नेपालसँगै अष्ट्रेलियामा रिलिज हुन लागेको र चलचित्रले उत्साहजनक व्यापार गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

चलचित्रमा वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । मुनाल घिमिरेले निर्माण गरेको चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका छन् । मित्र गुरुङको सम्पादन, नरेन्द्र मैनालीको छायांकन, सुजिल कर्माचार्यको पाश्र्व संगीत रहेको चलचित्रमा सामीप्य तिमल्सेनाको लेखन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *