निर्देशक दीपक ओलीको निर्देशन रहने चलचित्र ‘चुल्हे निम्तो’का लागि मुख्य नायिकाको खोजी भइरहेको छ । निर्माणपक्षका अनुसार यो चलचित्रका लागि ९० केजी हारहारीको नायिकाको खोजी भइरहेको हो ।
लामो समयदेखि ९० केजी तौली भएकी नायिकाको खोजी यसको निर्माणपक्षले गरेको छ। तर, चलचित्रको लागि अझै पनि ९० केजी तौल भएकी नायिका अहिलेसम्म पाएको छैन । यसैले, अब अडिसन खुलाउने तयारी निर्माताको छ ।
यो चलचित्रको यसपटकको कथावस्तु अलि विशेष भएकाले ९० केजी तौल भएकी नायिका चाहिएको हो । अन्य मुख्य कलाकारहरू फाइनल भइसके पनि निर्माणपक्षले सार्वजनिक गरेको छैन ।
प्याट्रिक सुवेदी र रमेश ढकालको निर्माण रहने चलचित्रको छायांकन केही महिनामा सुरु हुनेछ ।
कमेडी जनरामा बन्ने यो चलचित्रले ग्रामीण समाजको कथावस्तुलाई कमेडी शैलीमा देखाउनेछ । गोरखा, रोल्पा, पाल्पा, रसुवामा छायांकन गर्ने यो चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् ।