कोशेढुंगा ट्रेलर: प्रेम,संघर्ष र सस्पेन्सको कथा

३ भदौ २०८२ १३:४१

यहि भदौ १२ गते नेपालसहित ४२ देशमा रिलिज हुने चलचित्र ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा प्रेम, प्रेम पाउनका लागि गरेको संघर्ष, वियोग, हृदयविदारक खबर, समाजको अवरोध र जिन्दगीमा आउने उत्तर चडाआबको कथा प्रस्तुत छ।

गाउँले परिवेशमा आधारित ट्रेलरमा परम्परागत सामाजिक सोच र त्यसले जिन्दगीलाई पार्ने प्रभाव देखिन्छ । थ्रिल र सस्पेन्स यसको ट्रेलरले पैसाको बलमा सम्बन्ध जोड्ने रवाफ र चोखो प्रेमका लागि गरिएको संघर्षसहितको द्वन्द्व प्रस्तुत छ।

सरोज पौडेलले निर्देशन गरेको यो चलचित्रमा अभिनेत्री सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय छ ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको माचलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन् । कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन, आशिष अविरल, खेम सेन्चुरी र रिदम कँडेलको संगीत छ ।

चलचित्रलाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *