‘मैझारो’मा दयाहाङको सरप्राइज

३ भदौ २०८२ १३:२८

मौलिक प्रेम कथामा आधारित रहेको चलचित्र ‘मैझारो’को सुटिङ सेटबाट अभिनेता दयाहाङ राईको लुक्स बाहिरिएको छ। सार्वजनिक तस्वीरमा उनी लिम्बू समुदायको भेषमा एक हातले तिर हान्दै गरेको अवस्थामा छन् ।

यो चलचित्रका निर्देशक विल्सन बिक्रम राईले दयाको भुमिका बारे केहि खुलाएका छैनन्। यसअघि यो चलचित्रमा दयाको नाम कतैपनि थिएन। तर, छायांकन सेटबाट एकाएक उनको तस्वीर बाहिरिएको हो। जसलेगर्दा दर्शकमाझ कौतुहलता जगाएको छ।

गत साउनको पहिलो हप्तादेखि इलामबाट छायांकन सुरु गरेको यो चलचित्र अन्तिम चरणमा छ। निर्माणपक्षले जनाएअनुसार यो चलचित्रमा दया प्रमुख भूमिकामा छन्, उनको साथमा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभय राज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतको अभिनय छ।

निर्देशक राईकै कथा र पटकथामा निर्माण भएको चलचित्रमा सौरभ लामाले छायांकन छ। चलचित्रलाई तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *