सौगात, प्रकाश र सुहानाले सुरु गरे ‘परालको आगो’ को वर्कसप

३ भदौ २०८२ ५:४९

चर्चित कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारितर रहेर निर्माण हुने चलचित्र ‘परालको आगो’को वर्कसप सुरु गरिएको छ ।

आइतबारदेखि सुरु भएको वर्कसपमा यो चलचित्रका प्रमुख कलाकारहरू सौगात मल्ल, प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदीप अधिकारी, सुरु भण्डारी, रेणु न्यौपाने लगायतका सहभागी छन् ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन्। उनले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नराख्ने बताउदै वर्कसप सुरु गरेका हुन्। चलचित्रलाई निर्देशन लक्ष्मण सुनारले गर्दैछन् ।

यहि भदौको २६ गतेबाट छायांकनमा जाने चलचित्रलाई म्याग्दी जिल्लाको रमणीय स्थानमा खिचिनेछ । चलचित्रमा संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य, सुलक्षण भारतीको स्क्रिप्ट डक्टोरिङ, सुशील देवकोटाको लेखन रहनेछ ।

स्मरण रहोस् मैनालीको ‘नासो’ कथा सङ्ग्रहमा समावेश ‘परालको आगो’ कथालाई ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले चलचित्र बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *