सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘३६ को आँकडा’मा नायक पुष्प खड्काले काम गर्ने पक्का भएको छ । भोली साउनको ३१ गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा पुष्प खड्का र पूजा शर्मा जोडीको रुपमा देखिदैछन् ।
केही वर्षको अन्तरालपछि पर्दामा देखिन लागेका पुष्प र पूजाको यो पहिलो सहकार्य हो। यहि चलचित्र मार्फत पहिलो पटक सहकार्य गर्न लागेका पूजा र पुष्पको जोडीलाई दर्शकले रुचाउनेमा निर्माणपक्ष आशावादी छ।
यता, नायिका रेखा थापाको जोडीको रुपमा नायक महेश त्रिपाठी देखिनेछिन् । महेश र रेखाले पनि यहि चलचित्रबाट पहिलोपटक पर्दा सेयर गर्न लागेका हुन्।
नायिका रेखा र पूजाको भने यो दोस्रो सहकार्य हो। यसअघि रेखा थापा र पूजा शर्मा चलचित्र ‘उपहार’ मा एकसाथ काम गरेका थिए । चलचित्रको कथावस्तुको विषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, चलचित्र घोषणा भएसँगै चर्चामा छ ।