‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ रिलिज घोषणा

३१ साउन २०८२ ५:२७

चलचित्र ‘राम नाम सत्य’को शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै शुभसाइत गरिएको यो चलचित्रको प्रदर्शन मिति समेत घोषणा घोषणा गरिएको हो।

आगामी चैत्र २७ गतेलाई यो चलचित्रको प्रदर्शन घोषणा गरिएको हो। चलचित्रको छायांकन केही दिनमा काठमाडौंमा सुरु गरेर निर्माणपक्षले चितवन प्रस्थान गर्नेछ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुने यो चलचित्रलाई माइकल चन्दले निर्देशन गर्नेछन्। चलचित्रको शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् । भट्टको एक्सन छवि पोष्टरमा पनि प्रष्ट झल्किएको छ ।

अभिनेता विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो चलचित्रमा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए । यस्तै, नायक सुशिल श्रेष्ठले पनि चलचित्रको कथावस्तु उत्कृृष्ट रहेको बताउदै सबैको साथको अपेक्षा रहेको बताए ।

चन्दकै कथा तथा पटकथा रहने चलचित्रमा विराज भट्टको साथमा सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ ।

उपेन्द्र सुब्बा र स्वेता विमलीको निर्माण रहने चलचित्रमा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्मातामा छन् । चलचित्रमा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । अभिमन्यू निरवी र समय थापा चलचित्रका स्क्रिप्ट कन्सलट्यान्ट हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *