उषाले साइन् गरिन् ‘आ बाट आमा’

३० साउन २०८२ ८:०९

मोडल उषा उप्रेतीले चलचित्र ‘आ बाट आमा’ साइन् गरेकी छिन्। यो चलचित्रमा उषा प्रमुख भूमिकामध्येको एक भूमिकामा अनुबन्धित भएकी हुन्। तर, उनको भूमिका बारे निर्माणपक्षले केहि पनि खुलाएको छैन्।

यो चलचित्रमा यसअघि अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

चलचित्रलाई चन्द्र पन्तले निर्देशन गर्ने छन्। आगामी भदौबाट छायांकन सुरु हुने यो चलचित्रको अन्य कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने निर्माणपक्षले बताएको छ।

आउँदो फागुन १५ गते देशभर प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्रलिई आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माणगर्न लागिएको हो। चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *